चैतमै स्थानीय चुनाव
कपन अनलाइन, ११ कात्तिल, २०७३
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने तयारीमा लागिरहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ कराङकाठस्थित बसपार्कको आज उद्घाटन गर्दै उनले स्थानीय तह पुनसंरचना आयोगले थप मापदण्ड कायम गरेकाले छिटो चुनाव गर्न सहज भएको बताए ।
विकासका कामहरु हुँदा गुणस्तरहीन कामहरु हुने गरेको गुनासो बढेकाले अबका दिनमा त्यसमा राम्रो अनुगमनको खाँचो भएको मन्त्री पाण्डेको भनाइ थियो । उनले सरकारले संविधान कार्यान्वयन, भूकम्प, पीडितलाई राहत र अनुदान दिने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र विकास निर्माणका साथै सुशासन प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
तपाइँको प्रतिक्रिया ।