प्रवासी नेपाली मञ्च मलेसियाले शुभकामना आदनप्रदान कार्यक्रम गर्ने

प्रवासी नेपाली मञ्च मलेसियाले शुभकामना आदनप्रदान कार्यक्रम गर्ने

कपन अनलाइन, असोज ११, २०७३/दिनेश खड्का “खप्तडी’/मलेसिया

हिन्दुहरुको महान पर्व बडा दशै तथा शुभ दिपावलीको अवसरमा प्रवासी नेपाली मञ्च जोहोर राज्य कमिटिले शुभकामना आदन-प्रदान एवम् बृहत् सांस्कृतिक कार्यक्रमसहित चिठ्ठा उपहारको कार्यक्रम गर्ने भएको छ । विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरुलाई कलाकारले दर्शकलाई आफ्नो प्रस्तुति देखाई भरपुर मनोरन्जन दिने प्रवासी नेपाली मञ्च मलेसियाका सचिव बिनोद खड्काले जानकारी दिएका छन् ।

साथै उनका अनुसार उक्त कार्यक्रमलाइ सम्पन गर्न आयोजक समिति समेत गठन गरेकोे छ जसको संयोजकमा हरिराम काफ्ले,सह संयोजकमा सागर कोइराला, अतिथि संयोजन बिभागमा बिष्णुहरि भन्डारी, ब्यानर तथा टिकट व्यवस्थापनमा मनोज के सी, राजचन्द्र ठकुरी संयोजक,स्वयम्सेवक तथा प्रसाशन एवम् सुरक्षा संयोजकमा मोहन खाती, सांस्कृतिक बिभाग संयोजकमा माया भुजेल र हल व्यवस्थापन संयोजकमा दुर्गा गज्मेर रहेका छन् । सेनाइ डिजे मार्टमा अक्टोबर २९ तारिक का दिन १२ बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थित भै कार्यक्रम सफलपारी दिनहुन सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुमा आयोजक समितिले हार्दिक आह्वान समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।