अवतरणका क्रममा यतिको विमान दुर्घटना

अवतरणका क्रममा यतिको विमान दुर्घटना

कपन अनलाइन ,लुम्बिनी, ८ असोज ।

यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा आज अपराह्न दुर्घटनामा परेको छ । 1474726316649_dg_ghimire_160724_4

काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९एन एआइडी नंंको जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो ।

1474726368872_dg_ghimire_160724_1

विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा २९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन । केही यात्रु सामान्य घाइते भएका छन् ।

14370045_1838814733014309_5450888873649698485_n
दुर्घटनास्थलमा अहिले नेपाली सेना, विमानस्थलका सुरक्षा अधिकारीलगायतले उद्धार गरिरहेका छन् । दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको नागरिक उड्डयन कार्यालय भैरहवाले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।