महाराजगन्जबाट उन्नाइस जुवाडे पक्राउ

महाराजगन्जबाट  उन्नाइस जुवाडे पक्राउ

कपन अनलाइन ,काठमाडौँ, ८ असोज ।

काठमाडौँ महानगरपालिका–३ महाराजगन्जस्थित कोहिनुर रेस्टुरेन्टमा जुवा खेलिरहेका रेस्टुरेन्ट सञ्चालक राधा पौडेलसहित १९ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट रु दुई लाख ४० हजार रकम बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका अन्यको नाम भने सार्वजनिक गरिएको छैन ।

तपाइँको प्रतिक्रिया ।