विसुकुमार केसीलाई निजामति सेवा पुरस्कार

विसुकुमार केसीलाई निजामति सेवा पुरस्कार

bisu dai

कपन अनलाइन, २१ भदौ, २०७३

तेह्रौं निजामति सेवा दिवसका अवसरमा सरकारले  निजामति कर्मचारीलाई  निजामति सेवा पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ । भोलि एक कार्यक्रमका साथ प्रदान गरिने पुरस्कार हरेक वर्ष निजामति सेवा दिवसका दिन प्रदान गरिन्छ । तीन बिधामा छुट्याइएको निजामति सेवा पुरस्कार ४१ जनाले प्राप्त गर्नेछन् । निजामति सेवामा रहेर उत्कृष्ट काम गर्नेहरूलाई प्रदान गरिने यो पुरस्कार अन्तर्गत यो वर्ष पुरस्कृत हुनेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव विसुकुमार केसीलगायतका व्यक्ति छन् । बुढानिकण्ठ क्षेत्रमा सामाजिक अभियान्ताका रुपमा पनि क्रियाशील केसी कपन सङ्गीत सरोवरका अध्यक्ष हुन् ।

अर्थ सचिव डा. शान्तराज सुवेदी, सहन्यायाधिवक्ता किरण पौडेललगायतका निजामतिसेवाका व्यक्तिहरूलाई भोलि ऐक कार्क्रमका साथ पुरस्कृत गरिनेछ । सरकारले अर्थसचिव सुवेदीलाई सर्वाोत्कृष्ट निजामति सेवा पुरस्कार प्रदान गर्न लागेको हो । सरकारले थप १० जना कर्मचारीलाई उत्कृष्ट निजामति सेवा पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ । निजामतिसेवा दिवसका अवसरमा सरकारले बुधबार बिशेष कार्यक्रमकावीच उनीहरुलाई प्रधानमन्त्रीका हातबाट सम्मान गर्ने निर्णय गरेको हो । सरकारले तोकेको जिम्मेवारी इमान्दारीताका साथ पुरा गरेको भन्दै उनीहरुलाई सम्मान गर्न लागेको हो ।

तपाइँको प्रतिक्रिया ।