तरूणदल काठमाडौँमा प्रकाशमान सिँह समर्थित कृष्णजी खड्का

तरूणदल काठमाडौँमा प्रकाशमान सिँह समर्थित कृष्णजी खड्का

tarun-dal-e1473142472424

कपन अनलाइन, २१ भदौ, २०७३

नेपाली कांग्रेसको भातृ संस्था तरूणदलको काठमाडौँ जिल्ला कमिटिमा कृष्णजी खड्का बिजयी भएका छन् । खड्काको यो विजयसँगै नेका काठमाडौँमा पूर्व महामन्त्री प्रकाशमान सिँहको ह्याट्रिक भएको छ । यस अघि नेपाली कांग्रेस जिल्ला समितिमा सबुज बानिया तथा नेबिसंघ जिल्ला समितिमा मनोज बैद्यको रुपमा सिँहका मानिस चुनिइ सकेका छन् ।

हिजो भएको नेपाल तरुण दल काठमाडौंको जिल्ला अध्यक्षमा कृष्णजी खड्का विजयी हुँदा उनका प्रतिद्वन्द्विभन्दा निकै ठूलो मत प्राप्त गरेका थिए । खड्काले ४१० र उनीसँगै अध्यक्षका उम्मेदवार भएका रमेश महर्जनले ७१ मत प्राप्त गरेका थिए । । सोमबार राति अबेर सकिएको मतगणना पूर्व  उपाध्यक्षमा राजेशदत्त महर्जन निर्विरोध चयन भएका थिए भने सचिवमा दिनेशविक्रम शाह र कोषाध्यक्षमा अमृत मानन्धर चुनिएका छन्  । त्यस्तै केन्द्रीय परिषदमा प्रवासमानसिंह, रमिला महत गड्तौला, मनदेवी श्रेष्ठ, शारदा श्रेष्ठ र उमेश गुरुङ्ग छानिएका छन्  ।

तपाइँको प्रतिक्रिया ।