फेरि ब्राजिलको कुखुराको मासु खान पाइने

खुल्यो के एफ सि र पिज्जा हट !!

 

व्यवस्थापन र मजदुरबीच २८ भदौमा तीन बुँदे सहमति भएपछि रेष्टुरेन्ट खुल्ने भएको हो । मजदुरहरुले कम्पनीको नियम-विनियम पुर्ण रुपमा पालन गर्ने, व्यवस्थापनले नेपालको श्रम ऐन र ट्रेड युनियनसम्बन्धी कानुन पालना गर्ने र मजदुर पक्षले कानुन विपरीत गल्ती गरे व्यवस्थापनले कारबाही गर्नसक्ने तीन बुँदै सहमति भएको हो ।

मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले रेष्टुरेन्टमा मजदुर युनियन खोल्न प्रयास गर्दा भएको बिवादमा मजदूरहरुले कम्पनीको मानव संसाधन विभाग प्रमुख कृष्ण शर्मालाई कुटपिट गरेको भन्दै व्यवस्थापनले ३० साउनदेखि रेष्टुरेन्ट बन्द गरेको थियो । रेष्टुरेन्टमा १८० कामदार कार्यरत छन् । उनीहरुलाई राम्रो पारिश्रमिक र सेवा सुविधा दिँदै आएको भन्दै मजदुर संघ गठन गर्न व्यवस्थापनले अस्विकार गर्दै आएको थियो ।

तपाइँको प्रतिक्रिया ।