आज देखि क्यान सफ्टटेक २०१२ शुरु

भदौ२८ काठमाडौं । कम्युटर एसोसिएसन अफ नेपाल क्यानको आयोजनामा आजदेखि काठमाडौमा कम्प्युटर सफ्टवेरहरुको प्रर्दशनी क्यान सफ्टटेक २०१२ शुरु हुदैछ ।

त्रिपुरेश्वरमा रहेको युनाईटेड वल्र्ड ट्रेड सेन्टरमा ४ दिनसम्म चल्ने मेलाको साचारमन्त्री राजकिशोर यादबले उद्घाटन गर्ने कार्यक्रम छ ।

मेलामा सफटबेयर र कम्प्युटर सेवाहरुको बारेमा जानकारीमुलक स्टलहरु राखिने क्यानका महासचिब नारायण न्यौपानेले जानकारी दिनुभयो ।

मेलामा कम्प्युटर सम्बन्धी जानकारीमुलक विभिन्न ५१ वटा स्टल रहने उहाले बताउनभुयो ।

तपाइँको प्रतिक्रिया ।