सुनकोशी केन्द्रबाट थप विद्युत उत्पादन

सुनकोशी केन्द्रबाट थप विद्युत उत्पादन

कपन अनलाइन /चौतारा १९ भदौ ।

गत असार २१ ग्ते सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढीले क्षति पु¥याएको सुनकोशी जलविद्युत आयोजनाबाट थप विद्युत उत्पादन गरिएको छ ।

छ वटा ढोका मध्ये एक नम्बरको ढोकामा अवरोधको रुपमा रहेको ठुला ढुंगा र गेगर सफा गरे पछि हाल न्यूनतम ५.८ देखि अधिकतम ६.६ मेगावाट विद्युत उत्पादन हुन थालेको आयोजनाका उत्पादन प्रमुख सुरज दाहालले बताउनु भयो ।

यस अघि बाँधमा मर्मत गरी गत भदौ १ गते बाट २.५ मेगावाट विद्युत उत्पादन भएको थियो । दुई नम्वरको ढोकामा रहेका ठुला ठुला ढुंगा र गेगर सफा गरे पछि केहि दिन अघिबाट ३.७ मेगावाट विद्युत उत्पादन हुदै आएको थियो । अझै पनि नदीको पानी पुरै फर्काउन नसकिएकोले नदीको बहावमा केहि कमि आए पछि आगामी तिहार सम्म सबै छ वटा ढोका सफा गरी पुरै क्षमताको १०.०५ मेगावाट विद्युत उत्पादन हुने प्रमुख दाहालले बताउनु भयो ।

तीन वटा यूनिट रहेको सो आयोजनामा हाल तीन नम्बर यूनिट(टर्वाइन) मर्मत भईरहेको बताईएको छ । त् बाढी आएको समयमा पाँच नंम्बरको ढोकामा पानीको सबै भार पर्न गएकोले केहि बांगिएको हुदा त्यसलाई मर्मत तथा सफा गर्नु पर्ने आयोजनाले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।