वामदेव गौतमको आरोप :राष्ट्रपतिलाई दुरुपयोग गर्न खोजेको
बाँके, २८ भदौ : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बर्तमान सरकारले राष्ट्रपतिलाई दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन् । प्रेस चौतारी बाँकेले आज बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले आफुले संविधानको उल्लंघन गरेपछि राष्ट्रपतिलाई पनि उल्लंघन गर्न सरकारले दवाव दिएको बताए । कामचलाउ र पदमुक्त प्रधनमन्त्रीले सत्ताको दुरुपयोग गरेको उनको आरोप छ ।
नेपाली काँग्रेसको नेतृत्वमा तत्काल सहमतीय सरकार बन्नुपर्ने उनको भनाई छ । सहमतिका लागि एकिकृत नेकपा माओवादीले राखेको पछिल्लो प्रस्ताव सकारात्मक भन्दै उनले माओवादीले बिश्वासको बातावरण बनाउनुपर्ने बताए । उनले एमालेका अन्तुष्ट नेताको माग अनुसार पार्टीले लिखित सम्बोधन गरेको बताउदै पार्टीमा रहने वा नरहने भन्ने बिषयमा चाँडो निर्णय गर्नुपर्ने बताए ।
तपाइँको प्रतिक्रिया ।