बौद्धनाथ समितिको बजेट रु सोह्र करोड ९१ लाख

बौद्धनाथ समितिको बजेट रु सोह्र करोड ९१ लाख

कपन अनलाइन /काठमाडौँ, १६  साउन ।

बौद्धनाथ क्षेत्र विकास समितिले चालु आवका लागि रू १६ करोड ९१ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ ।

हिजो शनिवार  आयोजित कार्यक्रममा समितिका कार्यकारी निर्देशक फुबुयाङ्जी शेर्पाले चालु खर्चतर्फ करिब रू तीन करोड ८८ लाख तथा पुँजीगत खर्चतर्फ करिब रू १३ करोड दुई लाख खर्चको बजेट सार्वजनिक गरेका हुन्  । समितिले गत वर्ष रू ११ करोड ६२ लाखको बजेट सार्वजनिक गरेको थियो ।

बौद्धनाथको चैत्य मर्मत तथा त्यस क्षेत्रका अन्य सम्पदाको सम्भार तथा संरक्षणका लागि खर्च बढेको छ । स्वदेशी तथा विदेशी दातृ सङ्घसंस्थाबाट समेत सहयोग प्राप्त हुने अनुमान समितिले गरेको छ ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइलगायतले बौद्धदर्शन मानवकल्याणका लागि उपयोगी रहेकाले यसलाई जनस्तरमा फैलाउनुपर्नेमा जोड दिएका थिए  । कार्यक्रममा स्थानीय समाजसेवी, साहित्यकार तथा कर्मचारीलाईसम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।