बस दुर्घटनामा नौ जनाको मृत्यु

कपन अनलाइन /हेटौँडा, १६ साउन ।

काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५०५५ नंको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किँदा नौ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृतक यात्रुको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन ।

मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुवै बसका यात्रु ३२ जना घाइतेलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।