सडकमा खाल्डो, स्थानीयले गेट हाले, सम्बन्धित निकाय चुपचाप !!
कपन अनलाइन, १२ साउन, २०७३
बुनपा – १२ मा रहेको प्रसिद्ध भण्डारी गर्मेन्ट चोकमा रहेको मुख्य सडकमा केही दिनदेखि फलामे गेट लगाइएको छ । वर्षाको पानीले ढल हालेको ठाउँमा ठूलो खाल्डो परेपछि दुर्घटना नहोस् भनेर स्थानीयवासीहरूले बाटोमै गेट हालेका हुन् ।
ओरालो अबस्थामा रहेको यो बाटो हरेक वर्ष वर्षा महिनामा बिग्रने गरे पनि सम्बन्धित निकायले दीर्घकालिन समाधान खोजेको छैन । आवतजावत नै प्रभावित हुने गरि बाटो बिग्रदा पनि वडा कार्यालय तथा नगरपालिकाले चासो नदिएको स्थानीयवासीको गुनासो छ । यो बाटो हुदै निलोपूल तथा चाबहिल जाने गरिन्छ ।
तपाइँको प्रतिक्रिया ।