दैलेखमा जीप दुर्घटनाहुँदा ४ जना वेपत्ता: सडक दुर्घटनाले सिमानाग्यो

दैलेख, २७ भदौ : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको पिपलकोटमा जीप दुर्घटना हुँदा ४ जना बेपत्ता भएका छन् । कालिकोटबाट सुर्खेत आउँदै गरेको लु १ त २८२९ नम्बरको जिप पिपलकोट गाविसस्थित किट्टु भिरबाट तल कर्णाली नदिमा खसेको हो ।

घटना लगत्तै अछामको कालेकाँडा र दैलेखको राकम कर्णाली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको छ । यसअघि सोहि राजमार्ग अन्तर्गत कालिकोटको विर्तामोडमा सोमबार राति भएको दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।

तपाइँको प्रतिक्रिया ।