आयोजकले सुन्दरी हरुका स्तन नाप्न थाले पछि

एजेन्सी, भाद्र २७ । चीनमा हुन लागेको एक सुन्दरी प्रतियोगिताको मापदण्डलाई लिएर अहिले विरोध सुरु भएको छ । चीनको हुबोई प्रोविन्समा हुन लागेको उक्त सुन्दरी प्रतियोगितामा १० आकर्षक कलेज युवतीलाई चुनिनेछ । तर, प्रतियोगितामा सामेल हुने युवतीहरुका लागि नियम भने कडा बनाइएको छ ।

स्थानीय गावकर मिडियाका अनुसार उक्त प्रतियोगितामा भाग लिन दुई स्तनको निप्पल बीचको दुरी २० सेन्टिमिटर भन्दा माथी नभएको कलेज युवती हुनुपर्ने शर्त राखिएको छ । दुई स्तनको निप्पलबीचको दुरी २० सेन्टिमिटर भन्दा माथी भएकी कलेज युवतीले उक्त प्रतिस्पर्धामा सहभागी हुन नपाउने नियम बनाएपछि त्यसको विरोध सुरु भएको जनाइएको छ । आयोजकले सुन्दरी प्रतियोगिताको नाममा युवतीका स्तनको आकार–प्रकार नाप्न थालेपछि त्यसले विवाद सुरु गरेको हो ।

आयोजकका उक्त नियमको सामाजिक सञ्जालहरुमा निकै कडा आलोचना भएको छ । स्थानीय वेबसाईट क्याम्पस मोडलले आयोजना गर्न लागेको उक्त प्रतिस्पर्धामा युवतीको शरीरका अन्य भागहरुको पनि आकारको नाप लिइने नियम बनाइएको छ । जुन कुरालाई लिएर अहिले चीनमा तीब्र विरोध भईरहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।