नेपालीलाई सास्ती, तिब्बतीलाई सहजै नागरिकता

२७ भदौ : नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउन धेरै समस्या भएपनि विदेशीहरुले भने सहजै नागरिकता पाउने गरेको पाइएको छ । गाउँ विकास समितिका सचिवको मिलेमतोमा एक जना तिब्तीयन नागरिकले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छन् ।

जिल्लाको पश्चिमी क्षेत्रको सिन्धुकोट गाविस –९ स्थायी ठेगाना राखेर पेमा लामाले नागरिकताको प्रमाण पत्र लिएकी हुन् । उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ओमकार न्यौापनेको हस्ताक्षर भएको २४–०१–६९–०२२९२ नम्बरको नागरिकता लिएकी हुन् ।  गाविस सचिव नवराज सेनको सिफारिस र सिन्धुकोट गाविस –९का वाङदोर्जे लामा नक्कली दाइ बनेर उनलाई प्रशासन कार्यालयले नगरिकताको प्रमाण प्रत्र दिएको थियो । नागरिकता प्रमाण पत्र पाएपछि उनmले सोही दिन राहादानीको फर्म समेत भरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले शंका लागि प्रहरीको स्थलगत मुचुल्का चाहिन्छ भनेपछि गाविस सचिवसहतिको टोली जिल्ला प्रहरी कार्यालय पुगेको थियो ।

गाविस सचिवसहित आएपछि आफूहरुले सहि होला भनेर सिफारिस दिएको प्रहरी निरीक्षक सुजन राजभण्डारीले जानकारी दिए । नेपाली नागरिकता लिन पेमाले १ लाखसम्म खर्च गरेको सिन्धुपाल्चोक कपन अन्लाईन स्रोतको दावी छ ।

तपाइँको प्रतिक्रिया ।