नेपालले भने : सरकार ढल्ने कुरा मलाई थाहा छैन

कपन अनलाइन /१४  आषाढ / काठमाडौं ।

पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली नेतृत्वको वर्तमान सरकार ढल्ने कुरा आफुलाई थाहा नभएको स्पष्ट पारेका छन् । एक साता लामो भियतनाम भ्रमणमा जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार ढल्ने कुरा आफुलाई थाहा नभएको बताएका हुन् ।

madhav_nepal

सरकार चाँडै ढल्ने चर्चा सुरु भएको छ नी भन्ने पत्रकारहरुको जिज्ञासामा नेपालले भने– मैले तपाईहरुकै मुखबाट सरकार ढल्ने कुरा सुने, मलाई त यसबारे थाहा छैन ।’

उनले संबिधान कार्यान्वयन र निर्वाचनका बारेमा सहमति गरेपछि मात्रै सरकारका बारेमा छलफल हुन सक्ने उनले स्पष्ट पारे । संबिधानको सफल कार्यान्वयनका लागि प्रमुख राजनीतिक शक्तिबिच सहमति र सहकार्य आवश्यक पर्नेमा उनको जोड थियो । आसन्न विश्व कम्युनिष्ट पार्टीको विश्व सम्मेलनको तयारी बैठकका लागि भियतनाम उडेका नेपाल एक हप्तापछि स्वदेश फर्कनेछन् ।

फोटो सौजन्य : नारायण पौडेल

 

तपाइँको प्रतिक्रिया ।