नेपाल घरेलु तथा साना उद्योग महासंघ सबै प्रदेशमा कृयाशिल हुने

नेपाल घरेलु तथा साना उद्योग महासंघ सबै प्रदेशमा कृयाशिल हुने

 कपन अनलाइन /काभ्रे, १० असार ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले मुुलुकको संवैधानिक व्यवस्था अनुसार सबै प्रदेशमा गठन गरिएका आफ्ना प्रदेश संघहरूमा नियमित कार्यालय सञ्चालन र जिल्ला संगठनहरू सुदृढ गराउने भएको छ ।

13530307_1122663144423564_1104711804_n

महासंघको बुधबारदेखि बिहीबासम्म यहाँ चलेको दुई दिने केन्द्रिय कार्यसमिति र केन्द्रिय महिला उद्यमी समितिको संयुक्त बैठकले घरेलु तथा साना उद्योगको विकास र प्रर्वद्धन गर्ने कार्यक्रम सहितको योजना पनि सार्वजनिक गरेको छ ।

 

घरेलु तथा साना उद्योगको विकास र विस्तारको योजना सहितको खाका प्रस्तुत गर्दै महासंघले लघु, घरेलु तथा साना उद्योगीहरूबाट उत्पादित सामाग्रीहरूको अन्र्तराष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्न निर्यात गृह स्थापना गर्ने, महिला उद्यमशिलता विकास कोषलाई विस्तार गरेर ५० जिल्लामा पु¥याउने, प्रत्येक जिल्लामा घरेलु तथा साना उद्योग ग्रामको स्थापना गर्ने भुकम्पबाट प्रभावित १७ हजारभन्दा बढी घरेलु तथा साना उद्योगहरूको पुर्नस्थापना गर्नको लागी सरकारले उपलब्ध गारएको दुई लाखलाई बृद्धि गरेर तीनलाख पु¥याउन पहल गर्ने, नेपाल सरकारले बनाएको सार्वजनिक निकायमा स्वदेशीवस्तुको उपयोग सम्बन्धि निर्दे्शिकालाई तत्काल लागु गराउन सरकारलाई दबाब दिने लगायतका रहेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरिले बताए ।

 

बैठकमा महासंघका उपाध्यक्ष सूर्यबहादुर कंडेलले महासंघको वर्तमान संगठनिक अवस्थाबारेमा प्रस्तुति दिएका थियो । आठैवटा प्रदेश संघहरू, केन्द्रिय कार्यसमिति र केन्द्रिय महिला उद्यमी समितिले प्रदेशका सांगठनिक संरचना निर्माण, समूह गठन तथा चेकलिस्ट लगायतका विषयमा पनि प्रस्तुति गरिएको थियो ।

 

सोही अवसरमा महासंघको काभ्रे शाखाले २३ औं राष्ट्रिय महाअधिवेशन तथा २० आंै केन्द्रिय महिला उद्यमी सम्मेलनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई स्वागत गरेको थियो । कार्यसमितिलाई स्वागत गर्दै महासंघ काभ्रेका अध्यक्ष भवानी जोशीले जिल्लामा रहेका सरकारी कार्यालय र अन्य संघ÷संस्थाहरूसंग समन्वय गरी विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको बताए । काभ्रे जिल्ला भौगोलिक दृष्टिले उद्योग संचालनको लागी उपयुक्त रहेको भन्दै उनले कृषि एवं वन जन्य स्रोत साधनको धनी, प्रशस्त जनशक्ति र काठमाडौं उपत्यकासंग जोडिएकोले बजारको लागि राम्रो सम्भावना रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।