भोलि बालउद्धार स्कूलबाट सांसद गगन थापाको “मासिक जनता ल्किनिक” सुरु
कपन अनलाइन, १० असार, २०७३
काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापाले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धि निशुल्क शिविर कार्यक्रम संचालन लागेका छन् । हरेक महिनाको पहिलो शनिवार आयोजना गरिने निशुल्क स्वास्थ्य शिविर अन्तर्गत पहिलो कार्यक्रम भोलि असार ११ गते शनिवार बुनपा १२ स्थित बालउद्धार स्कूलमा बाल स्वास्थ्य शिविर आयोजना गरेर शुभारम्भ गरिन लागिएको हो ।
जनता क्लिनिक कार्यक्रम अन्तर्गत भोलि वरिष्ठ बालरोग विशेषज्ञले विहान १० बजेदेखि दिनको २ बजेसम्म निशुल्क उपचार तथा परामर्श दिने कार्यक्रम रहेको सांसद थापाको सहयोगी रोहित पौडेलले कपन अनलाइनलाई बताए । पौडेलका अनुसार जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सांसदको सहभागिता बढाउने हिसाबले सांसद थापाकै इच्छा अनुरुप यो कार्यक्रम राखिएको हो । हरेक महिनाको पहिलो शनिवार भिन्न भिन्न क्षेत्र स्वास्थ्यका बिबिध पक्षको निशुल्क शिविर राखिने उनले जानकारी गराए । मासिक जनता क्लिनिक कार्यक्रम अन्र्तगत बालउद्धार स्कूलमा शनिवार ११ गते हुने बाल स्वास्थ्य शिविरमा डा विमलराज कर्णको टिम आउने छन् भने कार्यक्रम आयोजनालाई वडा नागरीक मञ्च बुनपा १२ र नेका वुनपा १२ इकाईले सहजिकरण गर्ने पनि पौडेलले जानकारी दिए ।