प्राचीन कान्ति भैरव मन्दिरको भव्यताको दर्शन गरौँ !!!
कपन अनलाइन, ७ असार, २०७३
काठमाडौ उपत्यकामा प्राचीन देवदेवीको प्रशस्त मन्दिरहरू रहेका छन् । लिच्छविकालदेखिका भव्य एवम् एेतिहासिक मन्दिर उपत्यकाको सक्पदा बनेर बसेको छ । काठमाडौँको उत्तरी भेकमा रहेको गोकर्णेश्चर महादेव र आसपासको सभ्यतालाई प्राचीन मानिन्छ । गोकर्णेश्वर नजिकै रहेको उत्तरवाहिनी हिन्दू धार्मिक मान्याता अनुसार पवित्र पितृकार्य स्थल हो । उत्तरवाहिनीमा रहेको भगवान कान्तिभैरवको प्राचीन, भव्य तथा मनमोहक मन्दिर रहेको छ । गोकर्ण जंगलसँगै पवित्र बागमतिको किनारमा रहेको यो मन्दिरको अनुपम तस्वीर हो यो ।
तस्वीर: केशव पाठक/कपन अनलाइन
तपाइँको प्रतिक्रिया ।