संयुक्त विद्यार्थी संघको २७ गते नेपाल बन्द सहितको कार्यक्रम सार्वजनिक


पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको बिरोध जनाउँदै आएको संयूक्त विद्यार्थी संघले सशक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अन्तर्गत २४ गते दिनको १ बजे आयल निगम घेराउको हुनेछ । त्यसैगरी २५ गते प्रधानमन्त्रि लगायतको पुत्ला दहनको कार्यक्रम रहेको छ । २६ गते साँझ ५ बजे विशाल मशाल जुलुशको कार्यक्रम रहेको छ भने २७ गते बुधबार आम हडताल तथा नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी सरकारी गाडि चल्न नदिने कार्यक्रम निरन्तर चलिरहने पनि जनाएको छ । संघले यो कार्यक्रममा सहयोग पुर्याउन सबैलाई अपिल गरेको छ ।

तपाइँको प्रतिक्रिया ।