कपन बाल संरक्षण समितिले शिक्षक तालिम कार्यक्रम आयोजना गर्यो

कपन क्षेत्रका विभिन्न विद्यालयका शिक्षकहरुलाई कपन बाल संरक्षण समितिले बाल मनोविज्ञान व्यवस्थापन तथा उत्पेरणा विषयक १ दिने उद्घोषण तालिम कार्यक्रम आयोजना गरेको छ । गाविसमा रहेका बालबालिकाहरुको संरक्षणमा सरकारी स्तरको यस्तो समिति हरेक गाविसमा रहने गर्दछ । गाविस सचिव बाल संरक्षण समितिको संयोजक हुने व्यवस्था छ ।
कपनमा रहेका बालबालिका विकास तथा संरक्षणमा कृयाशील हुने क्रममा यस किसिमको तालिम कार्यक्रम आयोजना गरिएको हो । प्रकाश पोखरेलले सहभागिहरुलाई तालिम प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।