प्रज्ञा–प्रतिष्ठानको ५९औँ वार्षिकोत्सवको पुस्तक प्रदर्शनी सुरु
कपन अनलाइन, काठमाडौँ, २ असार, २०७३
नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औँ वार्षिकोत्सवका अवसरमा बृहत् पुस्तक प्रदर्शन मेला–२०७३ को असार १ देखि आयोजना गरिएको छ । विशेष छुटका साथ कमलादीस्थित प्रतिष्ठानको कार्यालयमा आयोजना गरिएको प्रदर्शनमा विभिन्न भाषा, साहित्य, नाट्य, ललितकला, सङ्गीत र विज्ञानसम्बन्धी पुस्तक राखिएको छ ।
मेलामा विसं २०६६ भन्दाअघिका पुस्तकमा ६० प्रतिशत र त्यसपछिका पुस्तकमा पुस्तक हेरि छुटको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनी असार १० गतेसम्म चल्नेछ । मेलाको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रतीले विभिन्न पत्रपत्रिकासहित मेलामा करिब ४०० पुस्तक राखिएको जानकारी दिनुभयो । रासस