ओली सरकार टिकाउने गौतमले भने अहिले सरकार परिवर्तन हुने कुनै संम्भावना छैन

gautam-1-002

तस्वीर: प्रेस चौतारी कास्की

कपन अनलाइन, जेठ,२६ जेठ, २०७३

देशभर एकतिर बजेटको समर्थन अर्काेतिर अत्याधिक वितरणमूखी भनेर विरोध छ । त्यसैगरी सत्ता नै परिवर्तनको कुरा पनि मजबुत तरिकाले चलिरहेको छ । नेकपा माओवादी केन्द्रका कतिपय नेताहरु फेरि सत्ता परिवर्तनको कुरा गर्न थालेका छन् । नेपाली कांग्रेस र मधेशवादी दल पनि परिवर्तनको कुरामा अडिग छन् । बजारमा एमालेभित्र पनि सत्ता परिवर्तनको खेल चलिरहेको हल्लाबीच एमालेले भने आफू एक ढिक्का भएको छनक दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको भनिरहेका समाचार चर्चामा रहेको बेला एमालेले त्यसमा कुनै सत्यता नरहेको दाबी गरेको छ । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले आज सरकारको पक्षमा मजबुत अभिव्यक्ति दिएका छन् । २ दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारको पक्षमा ल्याएर ओली सरकार जोगाउन विशेष भूमिकासमेत खेलेका नेता गौतमको यो अभिव्यक्तिले वर्तमान राजनीतिको दिशासमेत इंगित गरेको छ । उनले ओली नेतृत्वको सरकार परिवर्तन हुने कुनै संम्भावना नै नभएको बताए । गौतमले एमालेले देशलाई संवृद्धिको बाटोतर्फ लैजाने बजेट ल्याएको छ, त्यसको कार्यान्वयनका लागि पनि ओली नेतृत्वकै सरकार आवश्यक रहेको बताए ।

आज पोखरामा गौतमले प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने– ‘एमालेले देशलाई संवृद्धिको बाटोतर्फ लैजाने बजेट ल्याएको छ, त्यसको कार्यान्वयनका लागि पनि ओली नेतृत्वकै सरकार आवश्यक छ ।’ गौतमले देशलाई आर्थिक समृद्धितर्पm उन्मुख गराउन सरकार अगाडि बढेकोसमेत दाबी गर्न भ्याए । सरकार परिवर्तनको कुरा चलिरहेको बेला महासचिव इश्वर पोखरेलले पनि सरकारको पक्षमा वकालत गरेका छन् । महासचिव ईश्वर पोख्रेलले पनि सरकार परिवर्तनको हल्लाका पछि नलाग्न पटक–पटक आग्रह गर्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया ।