१ देखि २०७३ मा वैशाख २१ गतेसम्म कास्कीमा २९ जनाको मृत्यु

कपन अनलाइन , १५ जेठ/पोखरा,  । कास्कीमा दश महिनाको अवधिमा भएका ५० वटा दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार गएको साउन १ देखि २०७३ को वैशाख २१ गतेसम्म भएका दुर्घटनामा २२ पुरुष, चार महिला र तीन बालकको मृत्यु भएको छ ।

सो अवधिमा ३४ जना गम्भीर र २० जना साधारण घाइते भएका थिए । यस्तै सो अवधिमा ७७ वटा सवारीसाधन दुर्घटनामा परेको ट्राफिक कार्यालयका प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो ।रासस

तपाइँको प्रतिक्रिया ।