मिथिला चित्रकलामा प्रतीकको प्रयोग लोकप्रिय
कपन अनलाइन, जनकपुरधाम, ११ जेठ, २०७३
-हिमांशु चौधरी
मिथिला चित्रकलामा प्रतीकहरूको प्रयोगले मिथिलाको सम्पूर्ण सांँस्कृतिक जीवन परिलक्षित भएको पाइन्छ । मैथिलहरूले हजारौँं वर्ष पहिलेबाट उत्सवका लागि चित्रकलालाई विकसित पारेको देखिन्छ । चित्रहरू तान्त्रिक प्रतीकहरूले परिपूर्ण रही जीवनको तान्त्रिक विचारधाराको प्रतिनिधित्व गरिरहेका छन् । कोहवर, अरिपन र पौराणिक कथामा आधारित दृश्य मिथिला चित्रकलामा जनप्रिय रहेका छन् । कोहवरमा वासनात्मक मुद्रा, अरिपनमा शास्त्रोक्त क्रिया पद्दति एवम् घरेलु धार्मिक उत्सवका लागि पवित्र ठाउँको प्रतिनिधित्व पनि गरिरहेको छ ।
चित्रहरू पुरातन शैलीको भएतापनि स्पष्टरूपले भाव र प्रतीकमा श्रेष्ठ छन् । चित्रमा मुख सधँैं पाश्र्व दृश्यमा हुन्छन् भने आँखा अगाडिबाट देखिने हुन्छन् । खुट्टा तिरेक, नाक लामा र चुच्चे तथा आँखा ठूला भएका अनुहारले मङ्गोलियाली प्रभावनिर्मित नदेखाई आर्यसन्ततिको बोध गराउनु यसको उत्कृष्टता मानिन्छ । आजभोलि पनि मिथिलाका नारी कुनै धार्मिक काम र उत्सवमा आफ्ना घर, भित्ता एवम् आँगनमा चित्र बनाउँछन्, बनाइएका चित्र प्राचीन र मध्यकालीन चित्रको जस्तै साधारण हुन्छन् तथा तत्कालीन समयको मिथिलाको पुरातन परम्परालाई जीवित रूपमा देखाउँछन् । मूल रूपमा यो कला नारी वर्गसँग सम्बद्ध छ । पुरूष वर्गले अपवाद रूपमा नै कला साधनामा भाग लिएका छन् । उदाहरणका लागि प्राज्ञ एससी सुमन, कलाकार अजित दास भने व्यावसायिक रुपमा नै लागेका छन् ।
मिथिला चित्रकला पुस्ताले आर्जित गरेको सम्पत्ति हो र यसमा युगानुरूप नयाँ आयाम थपिँदै गएका छन् । विषयवस्तु र रङमा परिवर्तन आए पनि मौलिक संस्कार र प्रवृत्ति अझै त्यसै रूपमा सुरक्षित छ । संस्कृतिविद् डा राजेन्द्र विमल ‘यस कलाको प्रशंसात्मक चर्चा चौधौँ शताब्दीका विद्वान् त्योतिरीश्वरले पनि वर्ण रत्नाकर नामक पुस्तकमा गर्नुभएको छ तर यसको परम्परालाई हेर्ने हो भने अझ प्राचीनकालको हिन्दू सभ्यता र संस्कृतिको स्वर्णिम युगको इतिहासका पानालाई पल्टाउनु पर्ला जस्तो लाग्छ’ भन्नुहुन्छ ।
मिथिला चित्रकलाका विषयवस्तुमा मुख्यतयाः लौकिक, पारलौकिक र प्रतीकात्मक पक्षलाई समेटिएको पाइन्छ । लौकिक विषयवस्तु अन्तर्गत धार्मिक, सांस्कृतिक र काल्पनिक विषयवस्तुमा प्राकृतिक दृश्य नदी, पहाड, बगैँंचा, लहरा, कदम, कटहर, चरा, माङ्गलिक वस्तुका साथै सजावटका विभिन्न चित्र र पारलौकिकमा देवीदेवताका सुन्दर चित्र पर्छन् । शिव, विष्णु, लक्ष्मी, सरस्वती, रामसीता, राधाकृष्णका चित्रमा मानवीय भाव, स्नेह एवम् ममताको प्रतीकात्मक अभिव्यक्तिको बोध गराउँछ । त्यस्तै प्रतीकात्मक विषय अन्तर्गत विभिन्न वनस्पति, प्राणीलगायत चराचुरूङ्गीको बाहुल्य पाइन्छ ।
धार्मिक अनुष्ठान र लोकाचारमा आधारित यो कला जीवनको अभिन्न अङ्ग हो । यस कलामा सामान्यतः सात किसिमका रङको प्रयोग देखिन्छ । प्राकृतिक र घरेलु उपकरणबाट तयार गरिएको रङले भिन्दाभिन्दै वस्तुको भावलाई उजिल्याउने गरेको छ जुन पुस्ताँैंपुस्तादेखि समुदायमा स्थापित हँुदै आएको छ । यस कारण पूजाआजा, चाडपर्व तथा अन्य संस्कार उपनयन, विवाह जस्ता अवसरमा कुन कुन प्रतीकको प्रयोग गर्नेबारे एउटा परम्परा नै बसेको पाइन्छ ।
संस्कृतिविद् रामभरोस कापडि भ्रमर मिथिला चित्रकलामा लौकिक अन्तर्गत जीवन र प्रकृतिलाई आधार बनाई वस्तु सत्तात्मक र धारणात्मक प्रतीक परिलक्षित हुने गरेको बताउनुहुन्छ । मिथिला चित्रकलामा प्रतीक संयोजन अत्यन्त कलात्मक रूपमा गरिएको पाइन्छ । कलामा संयोजन गरिएका हात्तीलाई शुभ, वैभव र नारी जातिको प्रतीकका रूपमा मानिएको छ भने घोडालाई बल र पुरूष जाति, गाईलाई पवित्रता र मातृत्वका प्रतीक मानिएको छ ।
त्यस्तै सुगालाई गुरू र मित्रता, माछालाई उत्पादन शक्ति र नारी जातिको प्रतीक मानिएको पाइन्छ । अन्य जीवजन्तुमा कछुवालाई दीर्घायु, हाँसलाई सौन्दर्य तथा संसारका कठिनाइ पार गर्दै जाने र ज्ञानका प्रतीक मानिएको छ भने युगल जोडी हाँसलाई प्रणय र सुखद् दाम्पत्य जीवनको सङ्केतका रूपमा लिइएको छ । मिथिला चित्रकलामा मयूरलाई सौन्दर्य एवम् प्रेमको निवेदक र अनारलाई सौन्दर्यको प्रतीक मानिन्छ । त्यस्तै कदमको फूललाई प्रेमको र कमल फूललाई कोमलता, अनुराग, सौन्दर्य, नारीको शरीरका साथै लक्ष्मीको सङ्केत प्रदान गरी वैभवलाई आँैल्याइएको हुन्छ ।
त्यस्तै बाँसलाई वंश वृद्धि र पुरूष जातिको प्रतीकका रूपमा मानी चित्रमा अङ्िकत गरिएको पाइन्छ । सरसता, समरसता एवम् संवेदनशीलतासहितको यो प्रतीकात्मक परम्परा मैथिल संस्कृतिको एउटा यस्तो शिल्प हो जो मैथिलहरूको जीवनशैलीमा यसको दखल नङ– मासुजस्तो भएको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउनुहुन्छ । यसैगरी मैथिल संस्कृतिमा विवाहको चतुर्थीको विधि नहुन्जेलको भित्तेचित्र पनि रङ्ग््यााउने गरिन्छ । यसमा केटाकेटी र घोडाको चित्रद्वारा प्रतीकात्मक रूपमा यौन शिक्षा प्रदान गर्ने जमर्को गरिएको हुन्छ । प्रा डा पशुपतिनाथ झा मिथिला लोक चित्रकलाले वंशगत शिल्पगत तथ्य अन्तर्गत संसार स्वर्गीय र मानवीय कुराको गठबन्धन जस्तो हो भन्ने भाव भूमिमा प्रतीकात्मतालाई आत्मसात् गर्दै समाजलाई एक सूत्रमा आबद्ध गर्ने द्योतक भएको औँल्याउनुहुन्छ ।
-हिमांशु चौधरी राससलागि पत्रकारिता गर्छन् )
फोटोहरू:मिथिला पेन्टिङको फेशबुक पेजबाट