नुवाकोटमा एकैदिन तीनजनाले आत्महत्या….

नुवाकोटमा बुधवार एकै दिन तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये एक छात्रा एसएलसी पूरक परीक्षामा फेल भएकी थिइन् । बेलकोट गाविस वडा १ की १८ बर्षिया गोमा पाण्डेले एसएलसीमा फेल भएपछि बुधवार विहान बिष सेवन गरी आत्महत्या गरेकी हुन् ।

बुधवार नै विदुर नगरपालिका वडा नं. ६ की १८ बर्षिय किनीकुमारी कुमालले झुण्डिएर घरमै आत्महत्या गरेकी हुन् । च्वाडी पब्लिक उच्च माविमा कक्षा ९ मा अध्ययनरत कुमालले लेखेको सुसाइड नोटमा प्रेममा धोका खाएकोले आत्महत्या गरेको आशय झल्किएको प्रहरी निरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, घरायसी झगडाको कारण बेलकोट गाविस वडा नं. २ का ४० बर्षिय साइला विकले पनि खेलबारीमा हाल्ने विषादी सेवन गरी आत्महत्या गरेका छन् । श्रीमतिसंगको झगडापछि विष सेवन गरी विरामी भएका विकको उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।