प्रचण्डहरु सकिँदै गैसके- वैद्य

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादीसँग एकता महाधिवेशन हुने हल्लामात्रै रहेको बताएका छन्। उनले ‘प्रचण्डहरु सकिँदै गएकाले उनीहरुसँग एकताको महाधिवेशन हुने हल्लाभन्दा बढी केही नरहेको’ बताए।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैद्यले भने, ‘एमाओवादी दक्षिणपन्थी संशोधनवादी भइसकेको छ। नव संशोधनवादीसँग एकता हुने कुरा झुट्टा हो।’ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादीसँग एकताको महाधिवेशन हुने बताउँदै आएका बेला बैद्यले यस्तो अभिव्यक्ति दिएका हुन्।

नेकपा-माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्र बुझाउने तय गरेको छ। आज पत्रकार सम्मेलनमा मागपत्र सार्वजनिक गरियो। २०५२ सालमा बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे मागपत्रमा थप मागहरु राखी ७० बुँदे बनाइएको छ। उनीहरुले भदौ २५ गते प्रधानमन्त्री भट्टराईलाई यो मागपत्र बुझाउने बताएका छन्।

तपाइँको प्रतिक्रिया ।