इतिहासकै असफल नेता बन्दै मनमोहन सिंह

पश्चिमा जगतका सञ्चारमाध्यमहरुले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई असफल प्रधानमन्त्रीका रुपमा विश्लेषण गर्ने क्रम बढेको छ । वासिङ्गटन पोष्ट दैनिकले प्रधानमन्त्री सिंहको क्षमतामाथि नै प्रश्नचिन्ह उठाउदै उहालाई इतिहासकै असफल नेताको रुपमा चिनिने खतरा बढिरहेको विश्लेषण गरेको छ ।

पत्रिकाको टिप्पणीप्रति भारत सरकारले भने कडा आपत्ति जनाएको छ । भारतका केन्द्रीय  सूचना तथा प्रसारण मन्त्री अम्बिका सोनीले वासिङ्गटन पोष्टको खबरको निन्दा गर्दै उसले सनसनी फैलाउने पत्रकारिता गरेको आरोप लगाउनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यमले यो विषयलाई हलुका रुपमा लिएको भन्दै मन्त्री सोनीले भारतीय विदेश मन्त्रालयसंग यो मुद्दालाई अघि बढाउने विषयमा छलफल गर्ने बताउनुभयो । कुनै समय पश्चिमा सञ्चारमाध्यममा निकै लोकपृय रहेका भारतीय प्रधानमन्त्री सिंहलाई यसअघि टाइम पत्रिकाले अण्डरएचिभर को विशेषण दिएको थियो ।

पहिलो कार्यकालमा सुधार र प्रगतिका धेरै काम गरेको भनेर स्याब्बासी पाएका ७९ बर्षीय भारतीय प्रधानमन्त्री सिंह दोश्रो कार्यकालमा चर्को  आलोचनाको शिकार हुनुपरेको छ ।

तपाइँको प्रतिक्रिया ।