राष्ट्रिय एकतालाई दह्रो बनाउन आन्दोलन: उपेन्द्र यादव

राष्ट्रिय एकतालाई दह्रो बनाउन आन्दोलन: उपेन्द्र यादव

Upendra-Yadav1

कपन अनलाइन, काठमाडौँ, ९ जेठ, २०७३

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय एकतालाई दह्रो बनाउन आन्दोलन थालिएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता यादवले मधेसी, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, शिल्पी लगायतका सबै समुदायको भावनालाई समेट्न आन्दोलन थालिएको स्पष्ट पार्र्नुभयो ।

उहाँले बाबुराम भट्टराई, सुशील कोइराला, डा रामवरण यादवले समेत अपुरो भनेको संविधानलाई यो सरकारले निरन्तरता दिन खोजेकाले गठबन्धन बनाएर आन्दोलनमा उत्रेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो – “संविधान एक जनाको मात्र होइन सारा नेपालीको हो । त्यसैले जारी संविधानलाई पुनर्लेखन गर्नुपर्छ ।”

सङ्घीय गठबन्धनका संयोजकसमेत रहनुभएका यादवले संविधान अपूरो रहेको र यो विवादको समाधान राजनीतिक तवरबाटै खोज्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक कालोबजारिया र भ्रष्टाचारीको चङ्गुलमा फसेको छ । उनीहरुबाट देशलाई जोगाउन समेत यो आन्दोलनले सहयोग पु¥याउँछ ।” आफूहरु वार्ताबाट नभागेको बताउँदै उहाँले प्रधानमन्त्रीले नै वार्ता भङ्ग गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनको समाधान बन्दुक हैन, सार्थक र परिणामुखी वार्ता हो ।” रासस

तपाइँको प्रतिक्रिया ।