अडिटर्स अध्यक्षमा बज्राचार्य

भक्तपुर, १३ वैशाख । नेपाल अडिटर्स एसोसिएसन भक्तपुर जिल्लाको चौथो जिल्ला अधिवेशनले हीरारत्न बज्राचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

कार्यसमितिका अन्य पदाधिकारीमा उपाध्यक्षमा सरोजकुमार भण्डारी, सचिवमा अष्टबहादुर श्रेष्ठ, सहसचिवमा श्यामकृष्ण मुनकर्मी र कोषाध्यक्षमा रामगोविन्द प्रधानाङ तथा सदस्यमा ज्ञानकृष्ण श्रेष्ठ, ठमनाथ ढकाल, कृष्णगोविन्द लाखाजू, सुरेन्द्र हाडा, चण्डेश्वर न्यौपाने, सावित्री धौभडेल रहनुभएको छ ।

अधिवेशनले जिल्लामा लेखा परीक्षकको सदस्यता वृद्धि गराउने र लेखा परीक्षण गरिने कारोबारको सीमा तोक्न नहुनेमा जोड दिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।