कपनबाट पक्राउपरेका माओवादी केन्द्रीय सदस्य लामा रिहा

काठमाडौँ, १३  वैशाख । गिरफ्तारीमा परेका  नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामालाई हिजो  प्रहरीले रिहा गरेको छ ।

नियन्त्रणमा लिनुका कारण खुलाउन र निसर्त रिहा गर्न माग गर्दै पार्टीले आन्दोलनको घोषणा गरेपछि प्रहरीले आवश्यक पर्दा हाजिर हुने गरी रिहा गरेको हो ।

शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाललगायत कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । उनीहरुलाई बौद्ध प्रहरी र अपराध अनुसन्धानका प्रहरी हरुले पक्राउपछि    तीनकुने प्रहरीवृत्तमा राखिएको थियो । एक जापानी संस्थासँगको विवादको विषयमा मुद्दा परेपछि उनिहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

तपाइँको प्रतिक्रिया ।