माइला लामालाइ नछोडे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ, १२ वैशाख । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामाको गिरफ्तारीप्रति विरोध गर्दै सो पार्टीले उनको तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ ।

13062007_1004874276233661_5920878191814565156_n

शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाल लगायत कार्यकर्तालाई गिरफ्तारी गरिएको थियो । उनिहरुलाई हाल तीनकुने प्रहरी वृत्तमा राखिएको छ ।  एक जापानी संस्थासँगको विवादको विषयमा मुद्दा परेपछि उहाँहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

लोकतान्त्रिक मान्यता विपरीत सो गिरफ्तारी भएको जनाउँदै पार्टी उपत्यका ब्युरोका इञ्चार्ज विषमले रिहाइ नभए आन्दोलन गरिने चेतावनी दिनुदिएका छन् ।

तपाइँको प्रतिक्रिया ।