कपन साहित्य समाजले साहित्यिक क्यालेन्डर प्रकाशित गर्दै

कपन साहित्य समाजले साहित्यिक क्यालेन्डर प्रकाशित गर्दै

12894421_10209220153920417_1626829850_o

कपन अनलाइन/चैत्र १७, २०७२
कपनको पुरानो सामाजिक संस्था कपन साहित्य समाजले आफ्ना साहित्यिक गतिबिधिलाई तिब्रता दिएको छ । करिब ६ वर्ष गतिबिधिहीन रहेको संस्थाले नयाँ स्वरुप पाएपछि साहित्यिक गतिबिधिलाई तिब्रता दिएको हो । ३ हप्ताअघि कसास साहित्यिक सङ्गोष्ठी आयोजना गरेको संस्थाले यसै महिनाको अन्त्यमा एक विशेष कार्यक्रम गरेर साहित्यिक क्यालेन्डर सार्वजनिक गर्ने भएको छ । बजारमा बिभिन्न थरी क्यालेन्डर भए पनि साहित्यिक स्वरुपको क्यालेन्डर हत्पति नपाउने भएकाले ६० वटा विशिष्ट स्वरुपका कविताहरु समेटेर क्यालेन्डर प्रकाशन गरिन लागिएको हो । संस्थाको नवनिर्वाचित अध्यक्ष आरएम् डङ्गोलका अनुसार देश विदेशका नाम चलेका कवि तथा कपन भेकका कविहरुलाई समेटेर पद्य भए दुई श्लोक र गद्य भए १० हरफका ६० वटा कविताहरु समाहित गरेर कविता क्यालेन्डर प्रकाशित हुनेछ । संस्थाले साहित्यिक गतिबिधिलाई विशेष महत्व दिने बताउँदै अध्यक्ष डङ्गोलले चाँडै नै एक साहित्यिक कार्यशाला कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको बताएका छन् । कविता क्यालेन्डर चैत्र २७ गते शनिवार सार्वजनिक गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।