अधिवेशनपछि आशिष गुरागाईको वालमा ओली र नेपाल पक्षको भिडन्त छर्प्रस्टियो !!!

अधिवेशनपछि आशिष गुरागाईको वालमा ओली र नेपाल पक्षको भिडन्त छर्प्रस्टियो !!!

कपन अनलाइन/चैत्र १७, २०७२

एमाले क्षेत्र नं. ४ को अधिवेशनपछि एमाले भित्रको गुटगत झगडा सामाजिक संजालमा पोखिएको छ । एमाले क्षेत्र नं. ४ मा माधव नेपाल पक्ष विजय भएपछि तिल्मिल्याएको ओली पक्ष आक्रोशित भएको छ भने आफू बिरुद्ध आक्रोशित विचार सामाजिक संजाल आएपछि माधव नेपाल पक्षीय क्षेत्रीय समितिका व्यक्तिहरु पनि प्रतिवादमा उत्रिएका छन् ।

12910983_757590614343125_2106514327_n
कपन अनलाइनमा क्षेत्र नं. ४ मा माधव पक्षीय गुटको विजय भन्ने विश्लेषणात्मक समाचार छापिएपछि सामाजिक संजालमा वाद प्रतिवाद देखिएको हो । आशिष गुरागाइँको फेसबुकमा भएको विवादको सुरुवात क्षेत्रीय सचिव पदमा आफ्नो उम्मेदवारी भनेर सदस्य पदमा उठेका निरन्जन नेपालले गरेका हुन् । उनले आफ्नो पक्षमा वकालत गर्दै माधव पक्षलाई कमजोर बनाएर कमेन्ट गरेपछि क्षेत्रीय सचिव जितेका ध्रुवराज न्यौपाने सुरिएर प्रतिवादी जवाफ दिए । न्यौपानेको जवाफसँगै क्षेत्रीय सदस्य जितेका पुन्यराज पुडासैनीले पनि कमेन्ट गरे भने अर्का क्षेत्रीय सदस्य ध्रुव भट्टराई पनि प्रतिवादी कमेन्ट गर्न भ्याए । यी कमेन्ट शब्द जे जसो भए पनि सारमा हारको पीडा र जीतको उन्मादमा एकले अर्कालाई कमजोर बनाउनु देखिन्थ्यो । सचिव न्यौपानेले कमेन्ट गरेका केही घण्टापछि आफ्नो कमेन्ट हटाएका छन् भने अन्य कमेन्टहरु यथावत छन् ।

हेर्नुस  पोस्ट माथि भएको कमेन्टहरु :

 

Punya Raj Pudasaini Dhurba Raj Neuapane Hariram Dhungana Hasta Pandit Rajan Bhattarai Rajan Pokharel Keshab Grg Newking Btr Purushottam Nepal ध़ुब भट्रराई

Posted by Aashish Guragain on Tuesday, 29 March 2016

तपाइँको प्रतिक्रिया ।