महामन्त्रिमा गगन र सशांकको भीड़न्त हुने केसी कमजोर !!!

महामन्त्रिमा गगन र सशांकको भीड़न्त हुने केसी कमजोर !!!

 

IMG_20160303_092323

कपन अनलाइन/ फागुन २०,२०७२

नेका महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारको भविष्य आंकलन शुरू भएको छ । ३ दिनपछि हुने केंद्रीय निर्वाचनबाट को सभापति वा को महामन्त्रि हुने भन्ने कुरा छिनोफानो हुने नतीजा आउने छ । देशभरिका महाधिवेशन प्रतिनिधि यतिखेर राजधानी आई पुगिसकेका छन् भने कसलाई भोट दिने बारे पनि महाधिवेशन प्रतिनिधि हरु करीब करीब निश्चित बनिसकेका छन् । यद्यपि केंद्रीय कमिटिमा जान इक्छुकहरुले भेटघटलाइ तीब्रता दिएका छन् । यसैबीच केन्द्रमा तीन प्यानलबीच तिब्र प्रतिस्पर्धा हुने निश्चित भएको छ । शेरबहादुर देउवा, रामचंद्र पौडेल र कृष्ण सिटौलाको प्यानल चुनावी दौड़मा होमिएका छन् । संस्थापन पक्ष भनेर दुई प्यानल पौडेल र सिटौला मैदानमा आएपछि देउवा प्यानल जितको नजिक भएको चौतर्फी आंकलन भए पनि स्वतन्त्र विश्लेषकहरु सभपतिमा देउवा बिजय हुने देखिए पनि महामन्त्रिमा अर्जुन नरसिंह केसी विजयी नहुने अनुमान गर्दैछन् । केसीसँग प्रतिष्पर्धा गर्ने युवा नेता गगन थापा र विपि पुत्र सशांक कोइरालाको अगाडि केसीको उचाई जित्ने खालको नभएको उनीहरुको तर्क छ । महाधिवेशनको मुखमा संस्थापन बाट देउवा प्यानलमा प्रवेश गरेका केसिलाई आफ्नै जिल्ला नुवाकोटको भोट पनि कम आउने निश्चित भएको अवस्थामा महामन्त्रिमा गगन थापा र सशांक कोइरालाको प्रतिष्पर्धा हुने निश्चित देखिन्छ ।

स्वतन्त्र विश्लेषकहरुले महामन्त्रिमा सशांक कोईरालाभन्दा गगन थापा दरो भएको अनुमान गरेका छन् । बाहिरी जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरुको अबस्था हेर्दा सशांक कोइराला विपिपुत्र हुनु बाहेक खासै महत्व नभएको अनुभूति र थापामा भविष्यको नेका को नेतृत्व गर्न सक्ने खुबीका कारण गगन थापालाई भोट हाल्ने उनीहरुको अनुमान रहेको छ । महाधिवेशन केंद्रित देश दौड़ाहामा लामो समय जिल्ला जिल्ला घुमेका थापाले महामंत्रीमा १२००-१५०० मत ल्याउने पनि उनिहरुको विश्लेषण छ । स्वतन्त्र विश्लेषकहरुको यो अनुमान फागुन २२गते साँझ सार्वजनिक हुनेछ भने उनिहरुको यो अनुमान कति ठीक कति बेठिक महाधिवेशन पश्चात् नै थाहा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।