सेभेन ए साईड फुटबलको उपाधी लिजेण्ड एफसीलाई ।
२२ असार, कपन, काठमाडौं ।
गाँउ खेलकुद विकास समिति कपनद्धारा आयोजना गरिएको प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी लिनेन्ड एफसीले हात पारयो । कपनको आकाशेधारा स्थिीत ह्यान्डबल मैदानमा आज भएको फाईनल खेलमा लिजेन्ड एफसीले बालकुमारी युवा क्लबलाई सहजै पराजीत गरयो । यस क्रममा लिजेन्डले खेलको १५ औं मिनेटमा गेणश खडकको गोलमा अग्रता लियो । पहिलो हाफमा बालकुमारी १ गोलले पछि परयो र लिजेन्ड का तर्फबाट पनि कुनै गोल हुन सकेन । दोस्रो हाफमा बालकुमारी खेलमा फर्कन कोशिश गरेता पनि खेलको ३५ औं मिनेटमा पुनः लिजेन्ड एफसीका लागी गणेश खड्काले गोल थप्दै अग्रतालाई दोब्बर बनाए । सो पश्चात खेलको ४५ औ मिनेटमा सुबोध श्रेष्ठ तथा ५५ औ मिनेटमा पारश जङ्ग थापाले गोल गर्दै लिजेन्ड एफसीलाई ४–० ले विजयी गराए । आजैनै तेश्रो स्थानका लागी सेमिफाईनलमा पराजीत दुई टिम युनिक ब्वाईज र सदाबहार खेलकुद समाज बिचको खेल हुनुपर्नेमा सदाबहार खेलकुद समाजको वाकओभर पछी युनिक ब्वाईजलाई तेश्रो स्थानको उपाधी प्रदान गरिएको थियो । सो अवसरमा विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगीतमा उत्कृष्ट गोलरक्षको उपाधी युनिक ब्वाईजका मिलन थापालाई, उत्कृष्ट मिडफिल्डरको उपाधी बालकुमारीका अमृत सुनुवारलाई, उत्कृष्ट डिफेण्डरको उपाधी लिजेण्ड एफसीका उत्तम गुरुङ्गलाइ, उत्कृष्ट फरवार्डको उपाधी पाथिभराका भुवन पौडेललाई प्रदान गरिएको थीयो । प्रतियागीता अवधीभर पौडेलले ७ गोल गरेका थिए । सो अवसरमा मस्ट ईन्टरटेन खेलाडीको रुपमा आरपीसीका अमृत देउजा तथा प्लेयर अफ दि टुर्नामेन्टको उपाधी लिजेन्ड एफसीका गणेश खड्का लाई प्रदान गरियो । कार्यक्रमको सुरुवातमा युयुत्सु स्कल र नवदुर्गा स्वास्थ्य संस्थाको महिला खेलाडीहरु बिच मैत्रीपुर्ण खल सञ्चालन गरिएको थियो । सो अवसरमा फाईनल खेल हेर्न हजारौ संख्यामा स्थानीय दर्शकहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा कपन गा.वि.स. भित्रका स्थानिय क्लब, सामाजीक संंस्था र अन्य संस्था गरी कुल ४४ टिमको सहभागीता रहेको थियो । स्थानीय स्तरमा यति धेरै संख्यामा टिमहरुको प्रतिस्पर्धा भएको यो नै सम्भवतः ठुलो र पहिलो प्रतियोगीता हुनसक्ने आयोजकको दावी छ । स्थानिय स्तरदेखि नै फुटबल खेललाई विकास गर्ने तथा युवा खेलाडीहरुलाई उत्पादन गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको हो । यो प्रतियोगीता असार १६ गतदेखि सञ्चालन भएको थियो ।