‘सुनाखरी फुलाएर…’ सार्वजनिक (भिडियो सहित)

‘सुनाखरी फुलाएर…’ सार्वजनिक (भिडियो सहित)

बादल लिम्बु र रजीना रिमालको सुमधुर आवाजले सु-सजित गीत ‘सुनाखरी फुलाएर…’ सार्वजनिक भएको छ । गीतको शब्द गोपाल पौडेलले लेखेका हुन् । गीतकार गोपाल पौडेलको एकल एल्बम ‘चिनारी’मा समावेश यस गीतमा संगीत ताराप्रकाश लिम्बुले भरेका हुन् ।


हालै मात्र बुढासुब्बा डीजिटलबाट गीतको भिडियो पनि सार्वजनिक भएको छ । सत्यराज चौलागाईंको निर्देशनमा बनेको उक्त भिडियोमा कलाकारहरु साजन कटेल र मेघा के.सीले मायाँ प्रीति बुनेका छन् । गोदावरीमा छायांकन गरिएको उक्त भिडियोलाई नबराज कृष्ण थापाले खिचेका हुन् भने भुपेन्द्र अधिकारीले भिडियोलाई सम्पादन गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।