गगन थापाले जो भन्छन् त्यही !!!

गगन थापाले जो भन्छन् त्यही  !!!

000

कपन अनलाइन/ माघ ७, २०७२

काठमाडौं क्षेत्र नं. ४ को महाधिवेशन रन्को

स्थानः सभासद गगन थापाको कार्यालय, चावहिल

उपस्थितिः न्हुच्छेनारायण श्रेष्ठ, केशव ढकाल, श्यामकृष्ण संगत, सागर बैजु, किरण रेग्मी, अनुप श्रेष्ठ, खिला सापकोटा, निरज सत्याल, रामलाल श्रेष्ठ । 

विषयः क्षेत्रीय सभापति को ?

काठमाडौं क्षेत्र नं. ४ मा गगन कुमार थापाले क्षेत्रीय सभापतिमा कसलाई पत्याउलान् भन्ने विषयले चारैतिर चासो बनाइरहेको बेला क्षेत्रीय सचिव श्यामकृष्ण संगतले गगन थापाको कार्यालयमा आउन निम्तो गरे । त्यसो त श्यामकृष्ण संगतले बेला बेला सम्झना गरिने नै रहन्छन् । संगतको निम्तो नटारी पुग्दा नेपाली कांग्रेसको १३ औँ महाधिवेशनअन्तर्गतका केही गतिबिधि बारेमा एकअर्काबीच आरोपप्रत्यारोप चलिरहेको थियो । विशेष गरेर क्षेत्रीय सभापति न्हुच्छे नारायण श्रेष्ठले इकाई अधिवेशनका लागि केही व्यक्तिको लविङ गरेको बारेमा निराशा जनाउँदै थिए उनका सहकर्मीहरु । बुनपाअन्तर्गत वडा नं. १२ को इकाई सभापति र बुथ सदस्यका लागि उनले केही व्यक्तिलाई काखी च्यापे भनेर क्षेत्रीय उपसभापति केशव ढकाललगायतका उनका साथीहरु बेखुशी जनाउँदै थिए । क्षेत्रीय सभापति श्रेष्ठचाहिँ धेरै पटक कराएका कारण भेटघाटसम्म गरेको हुँ तर मैले कसैको लागि लबिङ गरेको छैन भन्दै थिए । तथापि उनी वडा नं. १२ का लागि अहिलेका इकाई संयोजक रहेका नारदमणि घिमिरे जसका क्रियाशिलका बारेमा विवाद उत्पन्न भैरहेको छ, सभापति श्रेष्ठ घिमिरेको पृष्ठपोषण गर्दै थिए । नारदमणि घिमिरेको क्रियाशिल सदस्य नभएको र उनी नारायण घिमिरेको नाममा आफूलाई क्रियाशिल भन्दै आएको भन्ने कुरा उठेपछि सभापति श्रेष्ठले नारदजीसँग जिल्ला सभापति भिमसेनदास प्रधानले हस्ताक्षर गरेको परिचयपत्र छ भनेर बचाव गरे ।

सदाझैँ ढाका टोपीमा सजिएका न्हुच्छेनारायण श्रेष्ठले कपन अनलाइनमा यस अघिको एक समाचारमा खाली गिलाससँग भएको आफ्नो फोटो प्रयोग भएकोमा बेखुशी व्यक्ति गर्दै त्यो फोटोका कारण चोक चोकमा आफ्नो बारे कुरा काटिएको उल्लेख गर्दा कपन अनलाइनसँगको उनको दिक्दारी झल्किएको देखिन्थ्यो । न्हुच्छेजी आलोचना भनेको सचेतना हो, आलोचनाले तपाइँलाई सही दिशामा जान प्रेरित गर्छ भन्दा उनले सहमतिमा भने टाउको हल्लाए । पछिल्ला दिन उनीसँग सम्बन्धित केही समाचारलाई लिएर कपनअनलाइन सँग श्रेष्ठ रुष्ट थिए । क्षेत्रीय समितिले इकाइमा कसरी अधिवेशन गराउँदैछ भन्ने प्रश्नमा सभापति श्रेष्ठले अहिलेसम्म कुनै हस्तक्षेप गरिएको छैन तर सम्भावना भएको ठाउँमा सर्वसम्मत गराउने भूमिकामा क्षेत्रीय कमिटिको रहनेछ । त्यसको लागि १० माघ पछि आवश्यक्ता हरेर संभावना खोज्ने उनले बताए ।

IMG_9857
नेपाली कांग्रेसले १३ औं महाधिवेशनको मुखैमा आएर प्रकाशनमा ल्याएको क्रियाशील लिस्टमा देखिएको गडबडिले अधिवेशन नै प्रभावित भएको अवस्थामा धेरैभन्दा धेरै जिल्ला तथा क्षेत्रहरुमा असमझदारी बढ्दै गएको छ । काठमाडौं क्षेत्र नं. ४ मा पनि क्रियाशिलको लिस्टमा केही डरलाग्दो गडबडि भएकोप्रति चौतर्फि बिरोध भैरहेका छन् । सभापति श्रेष्ठ यसमा क्षेत्रको दोष हैन, जिल्लाको पनि होइन । केन्द्रबाटै यस्तो हुन गएको हो । यसमा हामीले केही गर्न नसकिने अवस्था रहेको बताए । यस विषयमा कोही कोहीले अनाहकमा सभापतिको दोष भनेर देखाउने गरेको पाएको छु । यो म प्रति अन्याय हो, यसमा मेरो कुनै दोष छैन, श्रेष्ठले गुनासो गर्दै प्रष्टिकरण दिए ।

उनीसँगै बसेका उनका सहकर्मी भने सभापति भएका कारण उनको दोष देखिने बताउँदै थिए । संगठनमा मजबुत पकड रहेकोे बताइने सचिव श्यामकृष्ण संगतले क्षेत्रले हचुवाको भरमा मेरो दोष छैन भनेर मात्र सुख पाउँदैन । तर्कसंगत जवाफ क्रियाशिललाई दिन सक्नुपर्छ । सचिव संगतको कुरामा उपसभापति केशव ढकालको समर्थन देखियो । साथमा रहेका जिल्ला सदस्य सागर बैजुले उनको बुनपा वडा नं. १२ मा देखिएको क्रियाशील सदस्यहरुको लिस्टले कतिपय हनोहार साथीहरुको राजनीतिक भविष्य नै सकिने डर भएको बताउँदै यस्तो गैर जिम्मेवारपनले पार्टीको भविष्य पनि कमजोर हुने बताए ।

अबको पार्टी सभापति को त न्हुच्छेनारायणजी ? तपाई सभापतिको उम्मेदवार हो कि हैन ?

प्रश्नको उत्तरमा हल्का अकमकाए न्हुच्छेनारायण श्रेष्ठ । अकमकिँदै उनले साथीहरुको चाहना हो र उनीहरुले उठ्नु पर्छ भने आफू उम्मेदवार हुने बताए । उनले मैले भन्नु भन्दा पनि कपन अनलाइनले नै मलाई उम्मेदवार बनाइ सक्यो नि थपे । यही प्रश्न सचिव श्यामकृष्ण संगतलाई । संगतले प्रश्टसँग म सभापति उम्मेदवार हो भने । संगतले थपे, म हाम्रो सिंगो क्षेत्रीय कमिटि तथा सभासद गगन कुमार थापाको उम्मेदवार हुने सर्तमा सभापतिको उम्मेदावर हुँ तर एक्लो उम्मेदवार हैन । संगतले यसो भनि नसक्दै सभापति न्हुच्छेनारायण श्रेष्ठले पनि आफू गगन थापाको उम्मेदवार हुने बताए । गगन थापा तथा अन्य साथीहरुले जसलाई उम्मेदवार भन्छन् उसैलाई समर्थन गर्ने बताए सभापति तथा सचिवले । गगन थापाले तपाईहरु दुवैजनाबाहेक अरु कसैलाई उम्मेदवार हुन प्रस्ताव ल्याए भने के गर्ने नि ? उनीहरु हल्का नाजवाफ भए । साथमा बसेका जिपि कोइराला कलेजका प्रिन्सिपल खिला सोपकोटाले उहाँ दुईमध्ये आफू आफू बसेर एकजना उठ्ने निर्णय गरेर सभासद गगन थापाको समर्थन लिनु राम्रो हुने बताए । उपसभापति केशव ढकालले आफू सभापतिको उम्मेदवार नरहेको तर केही समय अघि सभासद गगन थापा, चिरिन्जिवीनिधि तिवारीसहित ६ जना बसेर गरिएको भद्र सहमति सम्झना गर्दै त्यही अनुसार चल्नु पर्ने बताए तर त्यो भद्र सहमति के थियो चाहिँ बताउन चाहेनन् । क्षेत्रीय सदस्य किरण रेग्मीले आफू सक्रिय रुपमा क्षेत्रीय सचिव पदका लागि उम्मेदवारी दिने बताए । क्षेत्रीय सचिवमा धेरैजना आकांक्षीहरु देखिएका छन्, जस्तै अच्यूतप्रसाद पौडेल, विनोद चालिसे आदि । किरण भन्छन्, जसलाई पत्याउँछन् उसले जित्छ ।

IMG_9876

आफूलाई सभापति पदमा उठाइएन भने राजनीतिक समिकरण बिग्रने कुरा न्हुच्छेनारायणले बताए । उनी सभापतिमा उठेनन् भने चुनिखेल गाविस समेटिएको बुनपाको ३ वटा वडाबाट राजु श्रेष्ठले ५ मत लैजाने उनले दावी गर्दै पछिल्लो समय राजु श्रेष्ठको अवस्था कमजोर भएको बताए । राजु श्रेष्ठको बुनपा वडा नं. ३,९ र १० मा केही मत आए पनि १२ औँ महाधिवेशनमा जस्तो मत नआउने उनले बताउँदा सचिव श्यामकृष्ण संगत भने विश्वस्त भएनन् । संगतले भने, न्हुच्छेनारायण श्रेष्ठ उठ्दा पनि तत्कालिन चुनिखेल गाविसका ५ मत राजु श्रेष्ठले लैजाने बताए । कपन समेटिएको ५ वटा वडामा राम्रोसँग होमवर्क नसके अप्रत्याशित परिणाम आउने कुरामा सचेत हुनु पर्ने संगतको विचार थियो । कपनका ५ वटा वडाहरुमध्ये अधिकांशमा सर्वसम्मत हुने वा बनाउने पर्ने तर्क पनि उनले सारे । संगतले विशेषगरेर बुनपा १२ र १४ मा क्रियाशिल विवाद बढेकोले यी वडाहरुमा प्रभावकारी र सुझबुझपूर्ण काम गरेर सर्वसम्मत गर्नेतिर जोड दिए । संगतको कुरामा जिल्ला सदस्य सागर बैजुले पनि साथ दिए ।

समग्रमा करिब २ घण्टे बसाईमा जति कुरा भए गगन थापालाई केन्द्र बिन्दु बनाएर बिजेता वा सम्भावित उम्मेदवार हुने कुरामा सबैको हो मा हो देखियो । केन्द्रिय सदस्य मात्र नभएर पार्टीका हनोहार नेता भएकाले गगन थापाको सहमतिमा नै उम्मेदवार बन्ने भन्ने उनीहरुको मतप्रति असहमति देखाउनु पर्ने अवस्था थिएन । बस्, गगन थापाले न्हुच्छेनारायण श्रेष्ठ वा श्यामकृष्ण संगतमध्ये कसलाई आफ्नो उम्मेदवार बनाउने हुन् र यी दुईले एकअर्कालाई सघाउलान् वा असहयोग गर्लान् भन्ने विषय महत्वपूर्ण छ । २ घण्टे अनौपचारिक बसाइमा श्यामकृष्ण संगत स्पष्ट देखिन्थे भने न्हुच्छेनारायण श्रेष्ठ खुल्न सकेनन् । बेलाबेला प्रकाशमान सिंहको क्याम्पमा सयर गर्न जाने गरेको आरोप लाग्ने गरेका सभापति न्हुच्छेनारायणले मैले चाक्सीबारी जाँदा वा गएर आउँदा हरेकपटक गगन थापालाई जानकारी दिएका स्पष्टिकरण दिए । काठमाडौं क्षेत्र नं. ४ मा प्रकाशमान सिंह र गगन थापाको बीच कुनै प्रतिष्पर्धा नहुने वातावरण आफूले बनाएको पनि उनले बताए । उनले यसो भनिरहँदा उनका सहकर्मी भने विश्वासनीय देखिएनन् ।

तपाइँको प्रतिक्रिया ।