फोटो कथा : सप्तदेवको विस्तारित बैठक सम्पन्न,सस्तो दरमा ऋण दिने

फोटो कथा : सप्तदेवको विस्तारित बैठक सम्पन्न,सस्तो दरमा ऋण  दिने

 

कपन अनलाइन/सप्तदेव बचत तथा ऋण सहकारी संस्थाले बिस्तारित बैठक सम्पन्न गरेको छ । काठमाडौँको लप्सीफेदीमा रहेको नेष्नल माउण्टेन होटेलमा २ दिनसम्म सञ्चालित विस्तारित बैठकबाट आफ्ना सदस्यहरुलाई विभिन्न सेवा सुविधासहतिको बचत खाता तथा सस्तो दरमा ऋण सुविधा दिने योजनाहरु बनाईएको थियो ।

Saptadev (3)
संस्थाले आफ्नो सेयर सदस्यहरु थप गर्ने योजना पनि बनाएको छ । आगामी ३ वर्ष भित्र १४ सय सदस्य पु¥याउने लक्ष्य बनाएको सप्तदेव बचत तथा ऋण सहकारी संस्थाको हाल ८०० सदस्य रहेका छन् ।

Saptadev (5)
विस्तारित बैठकका निर्णहरु यसै महिनाको अन्त्यसम्म सबै सदस्य माझ पुर्याइसक्ने संस्थाका प्रचार प्रसार उप समितिका संयोजक बालकृष्ण भट्टराईले कपन अनलाइनलाई बताए । हाल संस्थाका अध्यक्ष शंकरराज न्यौपाने रहेका छन् ।

Saptadev (1)

थप फोटोहरु हेर्नुहोस्:

Saptadev (4)

Saptadev (2)

 

तपाइँको प्रतिक्रिया ।