बूढानीलकण्ठ नगरपालिकामा पुनः विरेन्द्रदेव भारती
१२ पुस, काठमाडौं ।केहि समय अघि उपप्रधान, संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको निजी सचिवालयको निजी सचिवका रुपमा गएका बूढानीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत विरेन्द्रदेव भारती पुनः नगरपालिका मै फर्किएका छन् ।
स्थानीय जनताका माझ लोकप्रिय भारती बूढानीलकण्ठ नगरवासीको विशेष मागमा मन्त्रीको सचिवालय र नगरपालिकाको काम दुवैलाई मिलाउने गरी पुनः नगरपालिकामै कार्यकारी अधिकृतका रुपमा आएका हुन् ।
उनी आएसँगै निमित्त कार्यकारीको भूमिकामा रहेका राजुप्रसाद न्यौपानेलाई अधिकार प्रत्यायोजित गरिएको छ । कार्यकारी अधिकृत विरेन्द्रदेव भारतीद्वारा हस्ताक्षरित पत्रमा न्यौपानेलाई अधिकार प्रत्यायोजन गरिएको जानकारी दिईएको छ ।
हेनुहोस् पत्र:
सरुवाको हल्ला मात्र हो : नगर प्रमुख
तपाइँको प्रतिक्रिया ।