सहमति बने बाबुरामको राजिनामा गराइदिन्छुः प्रचण्ड
७ असार,काठमाडौ। एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले विश्वास र सहमतिको वातावरण बनाउन प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा गराउन तयार भएको जनाउ दिएका छन् ।
सहमतिको लागि सरकारको छोड्न तयार रहेको भन्दै उनले सहमतिमा जान जस्तो सुकै निर्णय पनि लिइने बताएका छन् ।
संविधानसभाको विघटनपछि पहिलोपटक भएको कांग्रेस एमाले र मधेशी मोर्चासंगको वैठकमा प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
वैठकमा सरकारको राजिनामा नआएसम्म अघि बढ्न नसक्ने धारण कांग्रेस र एमालेले राखेपछि प्रचण्डले चार पक्षविच सहमति भए प्रधानमन्त्रीको राजिनामा गराउन तयार भएको धारण राखेका थिए ।
उनले कांग्रसको पहलमा भएको चार पक्षिय वैठकलाई सकारात्मक भन्दै सहमतिबाटै निकास आउने पनि बताएका छन् ।
वैठकपछि एमाले नेता माधव कुमार नेपालले भने जहाँ बाट सहमति तोडिएको थियो त्यहींबाट शुरु गर्नु पर्ने विचार राखेका छन् ।
तपाइँको प्रतिक्रिया ।