प्रहरीद्धारा अभियुक्त सार्वजनिक
रृंखलावद्ध ठगीमा संलग्न रहँदै आएको एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दैलेख जिल्ला चौरथा गाविस घर भएका थुमबहादुर चन्द रहेका छन् । चन्दमाथि राष्ट्रिय दैनिक पत्रिका महिला कर्मचारी चाहियो भनी विज्ञापन निकाल्ने र सम्र्पकमा आउने महिलालाई अन्तर्वार्ताका लागि भन्दै गेष्ट हाउसमा पु-याई हतियार देखाएर जवर्जस्ती शारीरिक सम्र्पक राख्ने र महिलासँग भएका गरगहना, मोवाईल तथा नगद लुटपाट गरेर फरार हुंदै आएको आरोप प्रहरीले लगाएको छ ।
अभियुक्त चन्दले गत जेठ १५ गते एक युवतीलाई कलंकीस्थित लुम्बिनी गेष्ट हाउस बोलाएर जबर्जस्ती गरी उनीसंग भएका गरगहना र नगद लुटेर युवतीलाई वाथरुममा थुनेर फरार भएको कालमीमाटी वृत्तका डीएसपी टेकबहादुर तामाङले जानकारी दिनुभयो ।यसैगरी गत जेठ १९ गते पोखरामा घारी पाटनकी युवतीलाई पनि पोखरा वसपार्कको गेष्ट हाउसमा लगेर यौन दुब्यर्वहार गर्नुका साथै लुटपाट गरेको उजुरी पनि चन्द विरुद्ध रहेको छ । उसले आफु राष्ट्रिय अनुसन्धानको सहायक निरीक्षक हुँ भन्दै काम मिलाईदिने आश्वासन दिएर विभिन्न व्यक्तिबाट रकम समेत असुलेको पनि प्रहरीले बताएको छ । अभियुक्त चन्दबाट प्रहरीले मोवाईल एक थान र विभिन्न नक्कली कागजपत्र बरामद गरेको छ ।
यसैगरी प्रहरीले ४० ग्राम खैरो हेरोइन र एक थान गैँडाको खागसहित काठमाडौंको स्यूचाटारबाट पक्राउ परेको वीरगञ्ज – १७ घर भएका अमिन मियाँलाई पनि सार्वजनिक गरेको छ ।