वैद्य बाले बोलेका केही दमदार डायलगहरु…

५ असार,काठमाडौ । मंगलबार एनेकपा माओवादीबाट फुटेर नयाँ पार्टी बनेको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टी नेकपा,माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पुरानो पार्टीमाथी थुप्रै पटक आक्रमण गरे।

उनले पत्रकार सम्मेलनमा बोलेका केही दमदार डायलगहरु यहाँ समेटिएको छ।
मोहन वैद्य शास्त्रिय कम्युनिज्मका महा विद्वान हुन्, उनले बोलेका पत्येक तर्क र विषयवस्तुहरु नेपाली  कम्यनिज्म अध्ययन गर्ने विद्यार्थी र भर्खरै कम्युनिष्ट बनेकाहरुलाई समेत अत्यन्त उपयोगी हुन सक्दछ, चाहे तिनिहरु जुनसुकै पार्टीका किन नहुन् । नेपालका सवै कम्युनिष्ट पार्टीहरु शुरुवातमा क्रान्तिकारी नै हुन्छन् र नेता पनि ।
मंगलवारको पत्रकार सम्मेलनमा नेकपा,माओवादीका अध्यक्ष मोहन वैद्यले बोलेका केही डायलगहरु..
डायलग १– भारतसंग विशेष सम्वन्ध छ भन्नेहरु र भारतसंग विप्पा सम्झौता गर्नेहरुसंग सच्चा क्रान्तीकारीहरु कसरी संगै बस्न सक्दछन् ?
डायलग २-एकता गर्ने भए प्रचण्ड हामीसंग आउनु पर्दछ,हामी प्रचण्डसंग जाँदैनौ।
डायलग ३– कम्यनिष्टले गर्ने भनेकै पुरानो राज्यसत्ता लाई ध्वस्त पारेर नयाँ राज्यसत्ता ल्याउने हो।
डायलग ४-ठोस परिस्थितिको ठोस विश्लेषण गरे ठोस निर्णय गर्दछौ ।
 डायलग ५– ठुलो र सानो कुरा भन्ने कुरा महत्वपुर्ण होइन् , इतिहासमा सानो पार्टी ठुलो र ठुला पार्टी साना बनेका छन्
डायलग ६– हामी गल्दैनौ, आवस्यक पर्यो भने जनविद्रोह र जनयुद्द हुन क्दछ,जनताले चाहे भने जे पनि हुन सक्दछ
डायलग ७– प्रचण्ड र बाबुरामलाई कुन वर्ग मान्ने, बडा विचित्र छ ।
तपाइँको प्रतिक्रिया ।