डा. भट्टराईलाई पितृ सोक

२६ मङ्सिर । नेकपा एमालेका केन्द्रिय सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ का समानुपातिक सांसद डा. राजन भट्टराईलाई पितृ शोेक परेको छ । सांसद भट्टराईका पिता टंकनाथ भट्टराईको गए राति ८१ वर्षको उमेरमा हृदयघाटबाट शहिद गंगालाल अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरिरलाई आज विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टी कार्यक्रममा श्रद्धाञ्जली दिन नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, वर्तमान सरकारका मन्त्रीहरु एवं एमालेका केन्द्रीय स्तरका नेता कार्यकर्ताको उपस्थीती रहेको थियो ।

 

tanka nath bhattarai

 

उहाँको निधन प्रति आजै नेकपा एमाले बुढानिलकण्ठ १२, १३, १४ वडा कमिटि का संयोजकहरु नवराज भट्टराई, हरिराम ढुङ्गाना र पुरुषोत्तम नेपालले संयुक्त सोक वक्तव्य जारी गरि नेता भट्टराइको पिताको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै सोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ ।

स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी रहेका छन् । कपन अनलाईन लाई पारिवारीक श्रोतले जनाए अनुसार काजकीरीया भने बुलबुले स्थीत आफ्नै निवासमा गरिने भएको छ ।

तपाइँको प्रतिक्रिया ।