साफको तयारीका लागि नेपालले बङ्गलादेशसँग खेल्ने

साफको तयारीका लागि नेपालले बङ्गलादेशसँग खेल्ने

काठमाडौँ, २६ मङ्सिर । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बङ्गलादेशसँग आगामी पुसमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

मैत्रीपूर्ण खेल यही पुस २ गते बङ्गलादेशको राजधानी ढाकामा गर्न त्यहाँको फुटबल सङ्घ सहमत भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

साफ च्याम्पियनसिप आगामी पुस ८ देखि १९ सम्म भारतमा हुँदैछ । पाकिस्तानले नखेल्ने निर्णय गरेको उक्त प्रतियोगितामा नेपालसँगै भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, माल्दीभ्स र अफगानिस्तान छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ, जसमा आयोजक भारत र श्रीलङ्का छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन भने भारत प्रतियोगिताको सर्वाधिक सफल टोली हो ।

तपाइँको प्रतिक्रिया ।