मोहन वैद्य समूह कालान्तरमा बिलिन हुन्छ: एसडी मुनी

५ असार, काठमाडौ । भारतीय बुद्धिजीवि तथा नेपालका जानकार प्राध्यापक एसडी मुनीले तल्कालका लागि वैद्य समूहले प्रचण्ड र बाबुरामलाई अप्ठ्यारो पार्न सक्ने तर कालान्तरमा वैद्य समूह हराएर जाने बताएका छन् ।

उनले आज ट्विटरमा ट्विट गर्दै यस्तो बताएका हुन् उनले गरेको अर्को ट्विटमा माओवादीको अहिलेको यो ध्रविकरणले माओवादीलाई मात्र नभई अन्य पार्टीहरूलाई पनि असर गर्ने उल्लेख गरेका छन् । उनले नेपालको अहिलेको आवश्यकता भनेको नयाँ नेपाल निर्माण गर्ने भएको भन्दै हिंसाले अहिलेको रोडम्याप नभएको बताएका छन् ।
उनले एक अर्को ट्विटमा मोहन वैद्य अर्को मोहन विक्रम हुने बताउँदै के अबको जनबिद्रोह कांग्रेस, एमाले तथा राजावादीसँग मिलेर गर्ने हो भनेर प्रश्न गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।