आउँदो वर्षमा बहुराष्ट्रिय कम्पनीहरूले ७१ हजार भन्दा बढी कर्मचारी निकाल्ने

४ असार, एजेन्सी । विश्वको अर्थतन्त्र खस्किरहेको बेला विश्वका बहुराष्ट्रिय कम्पनीहरू पनि यसबाट अछुतो रहन सकेका छैनन् । आर्थिक मन्दिका कारण एचपि, गुगल, याहू लगायतका एक दर्जन भन्दा बढी कम्पनीले यो वर्षको अन्त्यसम्ममा करिव ७१ हजार कर्मचारी निकाल्ने घोषणा गरेका छन् ।

कम्पनीहरूले २०१२ को पहिलो ६ महिना भित्र यस्तो निर्णय गरेका हुन् । त्यसमा पनि मे महिनामा यो कटौती गर्ने कर्मचारीको संख्या कुल संख्याको आधा थियो । सबैभन्दा धेरै कर्मचारी हटाउने निर्णय गर्ने कम्पनीमा एचपी, नोकीया, सोनी, याहू, पेप्सिको रहेका छन् । यी बाहेक क्यामरा निर्माण गर्ने कम्पनी ओलन्पस, एसकेएफ, मेडिकल कम्पनी नोवार्टिस, युनिलिभर, माउस निर्माता कम्पनि लजिटेक इन्टरनेशनल, मोबाईल नेटवर्क अपरेटर वेरिजोन वायरलेस लगायतका कम्पनीले पनि ठूलो मात्रामा कर्मचारी कटौती गर्ने भएका हुन् ।
तपाइँको प्रतिक्रिया ।