नेपाल यमनसँग पराजित, अघिल्लो चरणको यात्रा कठिन

४ असार, काठमाडौ । यु-२२ एसिया कप प्रतियोगिताको छनोट चरणको आफ्नो दोस्रो खेलमा नेपाल नेपालभन्दा कमजोर आकिँएको यमनसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल यमनसँग १-० गोलअन्तरले पराजित भएको हो ।

दसरथ रंगशालामा भएको खेलमा यमनका लागी सद्दाम हुसेनले २८ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । पराजित भएपछी नेपालको अघिल्लो चरण प्रवेशको यात्रा कठिन बनेको छ । नेपालले अब खेल्नुपर्ने दुवै खेल नेपाल भन्दा तुलनात्मक रूपमा बलिया टोली उज्वेकिस्तान र जोर्डनसँग रहेको छ । नेपाललाई अघिल्लो चरणमा पुग्नको लागि निकै नै कडा मिहेनत गर्नुपर्नेछ ।
पहिलो खेलमा नेपालले बंगलादेशलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो तर आज त्यही लय समात्न नसक्दा हार मात्र नभई अघिल्लो चरणको यात्रालाई पनि कठिन बनाएको छ ।
तपाइँको प्रतिक्रिया ।