नेपाल मेरो घर : त्रिलोचन आचार्य ( कविता )

नेपाल मेरो घर : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन
काठमाडौं कात्तिक १४।

नेपाल मेरो घर हो उज्यालो
पाएँजहाँ स्नेहमयीअँगालो
हिँड्छन् जहाँबुध्दजपेर शान्ति
हाँस्छन् चुलीदिव्य छरेर कान्ति।

प्यारो छ पूर्वीय अनन्त चेत
पाल्दैछ पाखावनप्रान्त खेत
बाटो छ आफ्नै लयको पवित्र
डुल्दैछ नेपाल स्वयं मभित्र।

माटो यहीँउर्बर अन्नफल्ने
पानीयहीँ सुन्दर दीपबल्ने
आभायहीँ फूल्छ जहाँ गुराँस
यैँसिर्जनाको छ सफानिवास ।

उठ्दैछु नौलालहरा बनेर
बाँच्दैछु अग्लापहरा बनेर
हेर्दैछु बन्दै म स्वयम्भु आँखा
नाँच्दैछु नाँचेसरि शैलपाखा।

जे होस् पराई घरको बखान
रोज्दैछु आफ्नै पहिचानशान
आकाशझैँनिर्मल चित्त रोज्छु
आफैँ डटी स्वच्छ विकास खोज्छु ।

अग्लाहिमालीचुचुरा तराई
फेवा र रारासँगजग्मगाई
नाता छ माटोसँगयैँ रमाऊँ
विश्वास पालेर म हिँड्न पाऊँ ।

चोखो कला कालिगडी भरेर
उत्साहको पाठ सधैँ पढेर
फालौँभएभित्र कतै अँध्यारो
नेपाल मेरो घर हो उज्यालो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।